Kathmandu Press

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा सुनुवाइ सुरु 

सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका उनीहरुको मुद्दा सुनुवाईका लागि उच्च अदातका न्यायाधीशद्वय वासुदेव आचार्य र ओम प्रसाद अर्यालको संयुक्त इजलास तोकिएको छ। 
रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा सुनुवाइ सुरु 

रुपन्देही, कात्तिक २० : रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत बुटवलमा शुरु भएको छ। 

सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका उनीहरुको मुद्दा सुनुवाईका लागि उच्च अदातका न्यायाधीशद्वय वासुदेव आचार्य र ओम प्रसाद अर्यालको संयुक्त इजलास तोकिएको छ। 

यसअघि गत कात्तिक १३ गतेका लागि सुनुवाईको पेशी तय भए पनि जोशी पक्षका कानुन व्यवसायीले दिएको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको थियो। 

सहकारी ठगी प्रकरणमा आफ्नो भाग बराबरको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका छन्। 

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। 

लामिछानेले भने आफू सहकारीको शेयर सदस्य वा सञ्चालक नभएको दाबी गर्दै रकम ठगी नगरेको बताउँदै आएका छन् ।
 
प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, कात्तिक २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्