गृहमन्त्रीलाई सुदन गुरुङको चेतावनी– राजीनामा नदिए दुई दिनभित्र भविष्य निर्धारण हुन्छ
‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’ उनले लेखेका छन्।
काठमाडौं, कात्तिक २० : जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई गम्भीर चेतावनी दिएका छन्। समाजिक सञ्जालमार्फत उनले गृहमन्त्री अर्याललाई चेतानवी दिँदै राजीनामा नदिए दुई दिनभित्र भविष्य निर्धारण हुने बताएका छन्।
‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’ उनले लेखेका छन्।
उनले काम गर्न नसके पद छाड्ने बाचा यसअघि नै गरेको भए पनि अहिलेसम्म काम गर्न पनि नसकेको र कुर्सीमा टाँसिएर बसेको हुनाले चुनावमात्रै भनेर बस्ने अवस्था नभएको बताएका छन्।
उनले यही अवस्थामा चुनाव हुन पनि नदिइने बताएका छन् ।
‘०८४ को चुनाव ०८२ मा सार्नलाई गरिएका आन्दोलन होइन यो,’ उनले भनेका छन्, ‘नेपाली जनता र जेनजीका मागहरु सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।’

![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)