Kathmandu Press

पार्टीभित्र ठूलो सुधार आवश्यक छ : महामन्त्री थापा

‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ। त्यो सुधार पार्टीभित्र हुन्छ। पार्टी भित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छाैं, पुनःजागरण कसरी गर्छौ? र शुद्ध भएको जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउछ?,’ उनले भने।
पार्टीभित्र ठूलो सुधार आवश्यक छ : महामन्त्री थापा

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेको बताएका हुन्।  

Hardik ivf

‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ। त्यो सुधार पार्टीभित्र हुन्छ। पार्टी भित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छाैं, पुनःजागरण कसरी गर्छौ? र शुद्ध भएको जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउछ?,’ उनले भने।

नेता थापाले जेनजी आन्दोलनमार्फत युवाहरुले नेपाली कांग्रेसको मूल्य–मान्यता अनुरुप व्यवहार कार्यशैली नभएको भनी प्रश्न उठाएको बताए। 

थापाले विगतमा गल्ती गरेको स्वीकार गर्दै अब अविधेशनबाट नयाँ संकल्प र योजनाहरु बनाउनुपर्ने बताए। 

‘हिजो हामीले पनि गल्ती र कमजोरी गर्यौं। अब नगर्ने के छ? भ्रष्टाचारको कुराबाट समाजलाई वा संस्थाहरुलाई कसरी अलग गर्छौं? तमाम् विषयहरुका सन्दर्भमा हामीले आफूले हाम्रो अविधेशनबाट संकल्प गर्नुपर्नेछ, हाम्रो योजनाहरु बनाउनुपर्नेछ,’ उनले भने। 

उनले नेपाली कांग्रेस पावससँग जोडिएको पार्टी नभएको पनि बताए। 

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, कात्तिक २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्