Kathmandu Press

‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’

‘यो अहिलेको प्रणाली राम्रो हो। तर इच्छाशक्ति भएको इमान्दार नेता भएन भने राम्रो देश बन्दो रहेनछ। इमान्दार नेताको हातमा परेन भने युवाहरुले हामीलाई असहयोग गरेर विदेश उड्दो रहेछन्। जुन कुरा मेरो विगतको अनुभवले पनि देखाएको छ,’ उनले भने। 
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’

काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले धेरै पटक प्रधानमन्त्री हुँदा र समानुपातिक प्रणालीले गर्दा सिण्डिकेट भएको भन्दै दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित जेनजी र वृहत राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जान सकेमा देशको रोग सँधैको लागि हट्न सक्ने बताए।
 
‘तपाईंहरुले प्रदेशको खारेजीको कुरा उठाउनुभएको छ। अहिले हामीले प्रदेशको खारेजीको कुरा गर्यौं भने नेपाल विखण्डन हुन सक्छ। त्यसैले यसलाई प्रशासनीक रुपले विकास गर्नुपर्छ। प्रधानमन्त्री धेरै हुँदा, समानुपातिक प्रणालीले गर्दा सिण्डिकेट भयो,’ उनले भने, ‘दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्छ। अहिले हामी चुनावमा गयौं भने व्यक्ति परिवर्तन होला तर प्रवृत्ति परिवर्तन हुँदैन्। जुन यो रोग छ। एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर हामी निर्वाचनमा गयौं भने सँधैको लागि यो रोग हट्छ।’ 

Hardik ivf

त्यस्तै उनले इच्छाशक्ति भएको र इमान्दार नेता भएन भने प्रणाली राम्रो भएर मात्र देश बन्न सम्भव नहुने धारणा राखे। 

‘यो अहिलेको प्रणाली राम्रो हो। तर इच्छाशक्ति भएको इमान्दार नेता भएन भने राम्रो देश बन्दो रहेनछ। इमान्दार नेताको हातमा परेन भने युवाहरुले हामीलाई असहयोग गरेर विदेश उड्दो रहेछन्। जुन कुरा मेरो विगतको अनुभवले पनि देखाएको छ,’ उनले भने। 

प्रकाशित मिति: २०:०७ बजे, बुधबार, कात्तिक १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्