Kathmandu Press

डा.निकोलस भुसालमाथि छानविन गर्न पाँच दिनको म्याद 

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अदालतले बुधबार अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिदिएको हो।
डा.निकोलस भुसालमाथि छानविन गर्न पाँच दिनको म्याद 

काठमाडौं, कात्तिक १९ : विवादास्पद अभिव्यक्ति दिएको भन्दै पक्राउ परेका डा. निकोलस भूसालविरुद्ध अनुसन्धान गर्न काठमाडौं अदालतले पाँच दिनको म्याद प्रदान गरेको छ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अदालतले बुधबार अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिदिएको हो। भूसाललाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। उनलाई मंगलबार गोरखाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो। भूसाललाई गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट पक्राउ गरिएको हो। 

भुसालले अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोप लागेको छ। उनले कात्तिक १६ गते सम्वाद डबलीमा पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै हिंसात्मक अभिव्यक्ति दिएका थिए। 

यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि यस्तै खालको अभिव्यक्ति दिएका थिए। 

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, कात्तिक १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्