Kathmandu Press

दुर्गा प्रसाईंसँग वार्ताका लागि सरकारले पत्र कार्यालयमै बुझायो 

वार्ताका लागि गृहमन्त्रालयले लेखेको पत्र नागरिक बचाउ महाअभियानको भक्तपुरस्थित कार्यालय पुगेर बुझाएको हो। 
दुर्गा प्रसाईंसँग वार्ताका लागि सरकारले पत्र कार्यालयमै बुझायो 

काठमाडौं, कात्तिक १९ : देशव्यापी आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले वार्ताका लागि बुधबार नागरिक बचाउ महाअभियानको कार्यालयमै पुगेर पत्र बुझाएको छ। 

वार्ताका लागि गृहमन्त्रालयले लेखेको पत्र नागरिक बचाउ महाअभियानको भक्तपुरस्थित कार्यालय पुगेर बुझाएको हो। 

हाल प्रसाईं देशबाहिर रहेका कारण फर्किएपछि केन्द्रीय समितिको बैठक बसेर वार्ताका विषयमा अवधारणा सार्वजनिक गरिने भएको छ। प्रसाईं हाल नयाँ दिल्लिमा छन्। उनी शुक्रबार स्वदेश फर्किंदैछन्। 

मेडिकल व्यवसायी प्रसाईंले आगामी मंसिर ७ गते देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। गृहमन्त्रालयले कात्तिक २६ गते बिहान १० बजेका लागि समय तोकेर प्रसाईंलाई वार्तामा बोलाएको हो।   

प्रकाशित मिति: १९:४४ बजे, बुधबार, कात्तिक १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्