Kathmandu Press

नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ : माधव नेपाल

नेता नेपालले आफूहरु सानो दायरामा बस्न नचाहेको भन्दै फराकिलो सोचका साथ देशका सबै सकारात्मक शक्तिहरुलाई गोलबन्द गरेर अघि बढ्ने प्रयासमा रहेको बताए।
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ : माधव नेपाल

काठमाडौं, कात्तिक १९ : नवनिर्मित पार्टी नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव नेपालले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्ने बताएका छन्।  

बुधबार काठमाडौंमा आयोजित एकता सभामा उनले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गरेको भन्दै अब जनतालाई विश्वास दिलाउने हिसाबले अगाडि बढ्नुपर्ने बताएका हुन्। 

Hardik ivf

‘नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्ने मैले देखेको छु। कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, नेपाली राजनीतिमा नयाँ तरंग पैदा गर्ने छ। हामी नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्ने छाैं,’ उनले भने, ‘त्यसो हुनाले हाम्रो अग्नी परिक्षा अब सुरु हुनेछ। जनताले हामीलाई नियाली रहेका छन् । पुरानै पार्टीको नयाँ रुप हो वा नयाँ चरित्र बोकेको पार्टी बन्ने भनेको हो। जनताको मनमा यो जिज्ञाशा रहेको छ। त्यसकारण हामीले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । यो पुरानै पार्टीको अर्को रुप होइन।’

नेता नेपालले आफूहरु सानो दायरामा बस्न नचाहेको भन्दै फराकिलो सोचका साथ देशका सबै सकारात्मक शक्तिहरुलाई गोलबन्द गरेर अघि बढ्ने प्रयासमा रहेको बताए।

‘हामी सानो दायरमा बस्न चाहँदैनाैं, संकिर्ण सोचका साथ अघि बढ्न चाहादैनाँै, आग्रह पूर्वाग्रह राखेर हिन्न पनि चाहादैनौँ त्यसकारण हामी फराकिलो सोचका साथ देशका सबै सकारात्मक शक्तिहरुलाई गोलबन्द गरेर अघि बढ्न चहान्छाैं,’ उनले भने, ‘देशमाथि आघात गर्ने देशघातीहरु, विदेशीको दलाली गर्नेहरुसँग कुनै हिसाबले पनि सम्झौता गर्ने छैनाैं। साथै, संविधान र गणतन्त्रका विरोधी शक्तिहरुलाई पनि छोड्ने छैनौ । यो पार्टीको मूल जिम्मेवारी देशभरका जनतासँग एकताबद्ध हुने हो।’

उनले सुशासनको पक्षमा, भ्रष्टाचार विरुद्धमा र समाजमा रहेको विकृतीबारे सबै कुरामा हातमा हात मिलाएर सँगै अगाडि बढ्न जेनजी साथिहरुलाई पनि आह्वान गरेका छन्। 

पहिला पनि ९ जना शीर्ष नेताहरू मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको भन्दै अहिले पनि ९ जना शीर्ष नेताहरूमध्ये ५ जना यही पार्टीमा जोडिएको हुनाले  मूल पार्टी यही भएको उनको भनाई छ।

‘नेकपाकालको ९ जनाको सचिवालयको ९ जना शीर्ष नेताहरूमध्ये ५ जना यही पार्टीमा जोडिनु भएको छ त्यसकारण मूल पार्टी यही भएको छ। विगतमा हामीले गरेको एकता र एकताको प्रयासमा विफल भएको अनुभव सबैको आधारमा पनि हामीले समीक्षा गरिरहेका छाैं। प्रत्येक घटकका साथीहरूलाई अपमान नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ र यस कुरमा हामी उदार भएर अघि बढ्छौँ,’ उनले भने।
 

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, कात्तिक १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्