१० वटा पार्टीबीच एकता हुनुमा जेनजी आन्दोलनको प्रमुख भूमिका : प्रचण्ड
उनले नयाँ पार्टीले युवाको भावना र आवश्यकता राख्नेसमेत बताए। पार्टी संरचनामा मात्रै नभई राज्य संरचनामा पनि युवालाई उच्च प्राथमिकता दिने दृढता समेत उनले व्यक्त गरे।
काठमाडौं, कात्तिक १९ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशवटा पार्टीबीच ऐतिहासिक एकता निर्माण हुनुमा जेनजी आन्दोलनको प्रमुख भूमिका रहेको बताएका छन्।
बुधबार पार्टी एकता राष्ट्रिय सम्मेलनलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्। उनले जेन–जी आन्दोलनको बलिदानले पार्टी सच्चिनुपर्छ भन्ने उजागर गरेको बताए।
‘२३ भदौमा जेन–जी हजारौं संख्यामा जेन–जी युवा सडकमा आएर भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा तथा राजनीतिक अस्थिरताको विरुद्ध र स्थायित्वको पक्षमा जो आवाज उठाए। त्यसले हामीलाई राम्रैसँग घोच्यो । हाम्रा कमजोरी राम्रैसँग उजागर गरिदियो । त्यति ठूलो बलिदान गरेर उहाँहरूले जुन आवाज उठाउनुभयो त्यसले हामीलाई आफ्ना पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित ग¥यो,’ प्रचण्डल भने।
उनले नयाँ पार्टीले युवाको भावना र आवश्यकता राख्नेसमेत बताए। पार्टी संरचनामा मात्रै नभई राज्य संरचनामा पनि युवालाई उच्च प्राथमिकता दिने दृढता समेत उनले व्यक्त गरे। उनले आत्मसमीक्षा गर्नका लागि ऐतिहासिक अवसर रहेको समेत बताए।












