Kathmandu Press

महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का 

‘दुई वटा कार्यतालिका पार्टीको भन्दापनि व्यक्तिगत रुपमा आएका कार्यतालिका हुन्। जिम्मेवारी र भूमिका केन्द्रिय सदस्यहरुले गरे । सहमहामन्त्रीले गरे । त्यो व्यक्तिगत कार्यतालिका हुन् भनेर पार्टीको कार्यवाहक सभापतिले भनिसक्नुभएको छ,’ उनले भने।
महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का 

काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन्।

जारी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशनसम्बन्धी पेस भएको दुई वटा कार्यतालिका व्यक्तिगत भएको धारणा राखेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए। 

‘दुई वटा कार्यतालिका पार्टीको भन्दापनि व्यक्तिगत रुपमा आएका कार्यतालिका हुन्। जिम्मेवारी र भूमिका केन्द्रिय सदस्यहरुले गरे । सहमहामन्त्रीले गरे । त्यो व्यक्तिगत कार्यतालिका हुन् भनेर पार्टीको कार्यवाहक सभापतिले भनिसक्नुभएको छ,’ उनले भने।

त्यस्तै, उनले देश साच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको भन्दै त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन नसक्ने बताए । कांग्रेसले निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजाने उनको भनाई छ। 

‘अब उचित समाधान खोज्ने हो । देश साच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको छ त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन सक्ला त ?त्यसो भएर निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजानु छ त्यहि कुरामा कांग्रेस पुग्छ ्,’ उनले भने । 
 
प्रकाशित मिति: १६:४८ बजे, बुधबार, कात्तिक १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्