Kathmandu Press

सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन : पृथ्वीसुब्बा गुरुङ 

‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि निर्वाचन गराउने पक्षमा देखिँदैन, किनभने मुलुकको ठुलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउपुर्जी जारी गरेर मुलुकमा निर्वाचन हुन सक्दैन’, उनले भने। 
सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन : पृथ्वीसुब्बा गुरुङ 

रामेछाप, कात्तिक १९ : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ को घटनालाई प्रतिगमन र प्रतिक्रान्तिकारी कदम भनेका छन्।  

प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई पनि असंवैधानिक सरकार भएको बताए। 

Hardik ivf

‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि निर्वाचन गराउने पक्षमा देखिँदैन, किनभने मुलुकको ठुलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउपुर्जी जारी गरेर मुलुकमा निर्वाचन हुन सक्दैन’, उनले भने। 

निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको र संविधान संकटमा परेकोले नेकपा एमालेले संसद् पुनस्र्थापनाको माग गरेको गुरुङले बताए। ‘संसद् पुनस्र्थापना भयो भने धेरै कुरा लिकमा आउँछ, त्यसकारण संसद् पुनस्र्थापनाको मागलाई लिएर हामी सडकमा उत्रिन लागेका छौँ’, उनले भने। 

एमालेले जनताको बिचमा गएर संसद् पुनस्र्थापनाको मुद्दालाई स्थापित गराउन वडादेखि काठडौंसम्म विभिन्न भेला, जनपरिचालन, जनसभा लगायतका कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । यदि अदालतले निर्वाचनमा जाने फैसला ग¥यो भने त्यसलाई पनि एमालेले उपयोग गर्ने गुरुङले सुनाए। 

गुरुङले अहिलेको सत्तापलट जेनजीले नगरेको पनि दाबी गरे । जेनजीको नाममा पश्चिमा शक्ति तथा छिमेकका शक्ति लागेर सरकार अपदस्त र संसद् विगठन गराइएको उनले बताए । नेपालको सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाएर देश जलाउने काम गरिएको उनको भनाइ छ । ‘राज्यका यी अङ्गको देशलाई बचाउने कुरा, संविधान बचाउने कुरामा जे भूमिका हुनुपथ्र्यो त्यो भएन’, उनले भने। 

नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रियता प्रति जे अडान थियो त्यसलाई भत्काउन भदौ २३ र २४ को घटना घटाइएको उनले बताए। आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने योजना अनुसार केपी ओली नेतृत्वको सरकार ढाल्न २३ र २४ को घटना गराइएको गुरुङको भनाइ छ। ‘सबै प्लानिङका साथ बदला लिने काम भएको हो’, उनले भने।

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, कात्तिक १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्