Kathmandu Press

बहुविवाहको मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई जेल चलान

अदालतबाट दोषी ठहर भएका शेर्पालाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो। उनलाई बुधबार अदालतमा उपस्थित गराएर सजाय भुक्तानका लागि जले चलान गरिएको हो। 
बहुविवाहको मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई जेल चलान

काठमाडौं, कात्तिक १९ : बहुविवाहको मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई जेल चलान गरिएको छ। 

अदालतबाट दोषी ठहर भएका शेर्पालाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो। उनलाई बुधबार अदालतमा उपस्थित गराएर सजाय भुक्तानका लागि जले चलान गरिएको हो। 

शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको छ । शेर्पा एमालेको भातृ संगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्। 

जेठी श्रीमतीले दर्ता गरेको बहुविवाह मुद्दामा २०७९ मा जिल्ला अदालत काठमाडौंले एक वर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना तोकेको थियो । उच्च अदालत पाटनले पनि जिल्लाकै फैसला सदर गरेको थियो । फैसला कार्यान्वयनका लागि शेर्पा पक्राउ परेका हुन्। 

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, कात्तिक १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्