Kathmandu Press

एकता घोषणा सभामा झलनाथ खनाल पनि सहभागी

भृकुटिमण्डपमा आज विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता घोषणा हुँदैछ। यसअघि खनालले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए।
एकता घोषणा सभामा झलनाथ खनाल पनि सहभागी

काठमाडौं, कात्तिक १९ : नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन्। 

भृकुटिमण्डपमा आज विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता घोषणा हुँदैछ। यसअघि खनालले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए।

उनले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नेसमेत बताएका थिए। खनाल अन्ततः प्रचण्ड–माधवसहितको एकतामै जोडिन पुगेका हुन् ।

खनालले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । एकता घोषणा अघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र खनाल तथा घनश्याम भुसालविच भेटवार्ता भएको थियो। 

एकीकृत समाजवादीको बहुमत पक्षले नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेपछि खनाल र भुसालसहितको असन्तुष्ट पक्षले भिन्नै भेला आयोजना गरी कडा आपत्ति जनाएको थियो। खनालले पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्न थालिएको भन्दै आक्रोश व्यक्त गर्दै आएका थिए। 


 

प्रकाशित मिति: १५:२४ बजे, बुधबार, कात्तिक १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्