Kathmandu Press

जाँचबुझ आयोगमा लामिछानेको बयान 

जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयाचेग गठन भएको थियो।
जाँचबुझ आयोगमा लामिछानेको बयान 

काठमाडौं, कात्तिक १९ : जेन–जी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बुधबार बयान लिएको छ। 

बयानका लागि लामछानेलाई बुधबार दिउँसो नख्खु कारागारबाट सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा लगिएको थियो। अहिले लामिछानेको बयान चलिरहेको छ। 

लामिछानेसँग जेनजी आन्दोलनका क्रममा भएको गतिविधिबारे सोधपुछ गरेको छ। जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयाचेग गठन भएको थियो। 

जेनजी आन्दोलनका क्रममा लामिछाने भदौ २४ गते जेलबाट निस्केका थिए । केही समय घरमा बिताएर उनी पुनः नख्खु कारागारमै फर्केका थिए। 

आयोगले यसअघि नख्खु कारागार प्रमुख सत्यराज जोशी र कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरूसँग पनि बयान लिएको थियो। 

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, कात्तिक १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्