ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लोपटक पार्टीले नेकपा माओवादी केन्द्र सँग पार्टी एकता गर्न लागेको प्रति आपत्ति जनाउँदै उनले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको जिम्माको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो भन्दै प्रश्न गरे।
काठमाडौं, कात्तिक १९ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष बताए।
नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लोपटक पार्टीले नेकपा माओवादी केन्द्र सँग पार्टी एकता गर्न लागेको प्रति आपत्ति जनाउँदै उनले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको जिम्माको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो भन्दै प्रश्न गरे।
‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन। जो आफैं ओरालो हिँड्दैछन्। त्यसले निकास दिँदैन। नेकपा एकीकृत समाजवादी र नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो। विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौं। त्यो के भयो?,’ उनले भने।
नेता भुसालले तथाकथित एकताको भ्रममा नपर्न भन्दै नेकपा एकीकृत समाजवादीको आ–आफ्नै हैसियतमा धैर्यताका साथ रहन र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान समेत गरेका छन्। उनले आगामी मङ्सिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन्।
‘भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने छ। हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेसा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ,’ उनले भने।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

