Kathmandu Press

‘जेनजी विद्रोहले लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ’

‘प्रगतिशिल, जिम्मेवारी, लोकतान्त्रिक पार्टीको पुुनः गठन गर्नु जरुरी छ। जिम्मेवार र जवाफदेही पार्टीको निर्माण गर्नु जरुरी छ । पार्टी र हामी सबै रुपान्तरण हुन जरुरी छ।’
‘जेनजी विद्रोहले लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ’

काठमाडाैं, कात्तिक १९ : नेकपा एसकी नेतृ राम कुमारी झाँक्रीले  जेनजी विद्रोहले  लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको बताएकी छिन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले २३ र २४ गतेको विद्रोहबाट पार्टीहरु सचेत हुन आश्यक रहेको भन्दै उक्त विद्रोहले लोकतान्त्रिक प्रणली माथि प्रश्न उठाएको बताएकी छिन्। 

‘जेनजी विद्रोहले हाम्रो लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ। भदौ २३ र २४ गतेको विद्रोहले हामि सबैलाई सचेत बनाएको छ। २३ र २४ गतेको विद्रोह पछि हामीले पार्टीलाई बदलन खोजेकै हो। गलत स्वार्थ भएका पार्टीलाई एकता गर्दा लोकतन्त्र मासिन्छ कि भन्ने डर हामी सबैलाई छ,’ उनिले भनिन्, ‘प्रगतिशिल, जिम्मेवारी, लोकतान्त्रिक पार्टीको पुुनः गठन गर्नु जरुरी छ। जिम्मेवार र जवाफदेही पार्टीको निर्माण गर्नु जरुरी छ । पार्टी र हामी सबै रुपान्तरण हुन जरुरी छ।’

यस्तै उनले अर्काको निजी सम्पती, सरकारी सम्पती आगजानि, तोडफोड गर्ने मानिसलाई नेपालको विध्यमान कानुन अनुसार कारवाही गर्नुपर्र्ने बताइन्। ‘अर्काको निजी सम्पति, सरकारी सम्पति आगजानि, तोडफोड गर्ने मानिसहरुलाई नेपालको बिध्यामन कानुन अनुसार कारवाही गर्नपर्छ,’ उनले भनिन्।

विचार र सिद्धान्त मिल्नेसँग एकता गर्नुपर्ने भन्दै दललाई बलियो बनाउन दल भित्र र बाहिरबाट लडन तयार रहेको उनको भनाई छ। 
 

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, कात्तिक १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्