बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान न्यायाधीश श्रेष्ठ
पूर्वप्रधान न्यायाधीश श्रेष्ठले जेनजी आन्दोलनले अनावश्यक क्षति पुर्याएको भन्दै त्यसपछि राज्य गठन भएपनि त्यसको जग बलियो नभएको बताए।-(64)-1762327717.jpg)
काठमाडौं, कात्तिक १९ : पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन्।
बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थाहरुमा परिवर्तन हुन नसक्दा सधैंभरी आन्दोलन हुने र त्यसले संक्रमण निम्ताउने बताएका हुन्।
‘नेपालमा आन्दोलनहरु धेरै भएका छन् विभिन्न कालखण्डमा लगभग १०÷१० वर्षमा केही न केही गरिरहन्छौं। आन्दोलनहरु हुने, व्यवस्थाहरु परिवर्तन हुने र परिस्थिती परिवर्तन नहुने, जनताको अवस्थाहरुमा परिवर्तन नहुने हामी त्यो बिन्दुमा छौं,’ उनले थप भने, ‘यो रुपान्तरण नहुने कुराले हामीलाई आन्दोलन फेरी फेरी गरिरहनुपर्ने बनाउँछ । सधैभर आन्दोलनतर हुने कुराले हामी सधैभर संक्रमणकालमा गुज्रिनुपर्ने हुन्छ । हामी स्थिरता ल्याउन सक्दैनौ । यसले हामी निरनतर संक्रमणमा फस्छौ त्यो बिन्दु फेरी आएको छ।’
पूर्वप्रधान न्यायाधीश श्रेष्ठले जेनजी आन्दोलनले अनावश्यक क्षति पुर्याएको भन्दै त्यसपछि राज्य गठन भएपनि त्यसको जग बलियो नभएको बताए।
‘हामीले लडाईमा भन्दा बढी क्षती बेहोर्नुपरेको छ । वास्तवमा यो क्षति जरुरी थियो । आन्दोलनको असलीयत प्राप्त गर्न यति क्षति व्यहोर्न पर्थ्यो ? यो के थियो ? मलाई के लाग्छ भने यसमा राम्रो समिक्षा गर्नुपर्छ । यसमा हामीले राज्य गठन त गर्यौं तर राज्य निर्माणमा आधारभुत कुराहरुलाई सायद हामीले पक्का गरेनौ । राज्य निर्माणमा चाहिने संस्था, व्यक्तिहरुको निर्माण त गर्यौ तर त्यसमा मूल्यमान्यता त्यसमा जगहरुलाई हामीले बलियो बनाएनौँ,’ उनले भने।
उनले विकासका पुर्वाधारहरु असुरक्षित रहेको भन्दै विकासमा कामहरु जोखिममा रहेको समेत बताए।












