Kathmandu Press

प्रचण्ड, खनाल र भुसालबीच खुमलटारमा छलफल  

प्रचण्ड निवासमा झण्डै एक घण्टादेखि भेटवार्ता जारी छ। छलफलमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सँगै छन्। 
प्रचण्ड, खनाल र भुसालबीच खुमलटारमा छलफल  

काठमाडौं, कात्तिक १९ : माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा महासचिव घनश्याम भुसालविच भेटवार्ता भएको छ। 

प्रचण्ड निवासमा झण्डै एक घण्टादेखि भेटवार्ता जारी छ। छलफलमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सँगै छन्। 

नेता श्रेष्ठले भेटवार्ता सकारात्मक रहेको जानकारी दिएका छन् । एउटै पार्टी निर्माणका सन्दर्भमा नीतिगत रुपमा छलफलका लागि तीन नेताविच छलफल भएको हो । श्रेष्ठले छलफल सकारात्मक रहेको बताए। 

उनले आज दिउँसो हुन लागेको नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा पनि खनाल र भुसाल सहभागी हुन सक्ने संकेत गरेका छन्। 

खनालले गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वामपन्थी एकताको विषयमा छलफल गरेका थिए । ओलीसँग कुरा नमिलेपछि प्रचण्डसँग छलफल अगाडी बढाइएको हो। 

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, कात्तिक १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्