Kathmandu Press

यात्रा टुंगिदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : नेतृ झाँक्री 

उनले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन्। 
यात्रा टुंगिदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : नेतृ झाँक्री 

काठमाडौं, कात्तिक १९ : नेकपा एकीकृत समाजवादीकी नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको बताएकी छन्। 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुशी नै भएको बताइन्। उनले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन्। 

Hardik ivf

‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामी सँग केहि जिम्मेवारी हरु थिए। त्यहि कारणले गर्दा त्यो यात्रा बिचैमा टुंग्याउन सकेका थिएनौँ तर आज यो यात्रा टुंगिएको छ । तर यात्रा ट्ंगिदै गर्दा हामी एक हिसाबले खुशी नै छाँै,’ उनले भनिन्।

उनले नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै  आजबाट त्यो विश्वास पनि  सकिएको बताइन्। उनले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गरिन्। 

‘नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा  हामी लागेका थियौँ तर त्यो आजबाट सकिएको छ । समाजवादी पार्टी सँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुंगियो, त्यो पार्टी सँगको यात्रा टुंगिसके पछाडि हाम्रो रोकिएको अवस्था हो,’ उनले भनिन्, ‘हामी भित्रपनि धेरै आइडियाहरु छ। हामीसँग पनि थुप्रै साथिहरु छन्, तर यो गर्नुको कारण यसको १ बजेपछि हाम्रो पार्टीको औपचारिक घोषणा हुँदैछ।’ 

नेतृ झाँक्रीले समाजवादी पार्टी, दल भित्रका अन्तरिक लोकतन्त्रहरु खँुम्चिएको  बेला निमार्ण भएको भन्दै जनतामा भरोसा रहेकै कारण भरोसालाई डोर्याउँदै पार्टी निमार्ण गरेको तर समयले पार्टी विर्सजन गर्ने बनाएको पनि बताइन्। 

‘समाजवादी पार्टी यस्तो बेला निमार्ण भएको थियो जुनबेला दल भित्रका अन्तरिक लोकतन्त्रहरु पनि खँुम्चिएको थियो, जनतामा भरोसा थियो तर त्यो भरोसालाई डोर्याउन सक्छौँ होला भन्ने विश्वासले पार्टी निमार्ण गरेको थियौँ । तर समयले पार्टी विर्सजन गर्ने बनायो,’ उनले भनिन्। 
 

प्रकाशित मिति: ११:५३ बजे, बुधबार, कात्तिक १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्