Kathmandu Press

जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्ने

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो।
जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्ने

काठमाडौं, कात्तिक १९ : जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछ गर्ने भएको छ। 

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई कारागारले दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराउने छ। 

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए। रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो। त्यसपछि रवि पुनस् कारागारमै फर्किएका थिए।

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, कात्तिक १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्