Kathmandu Press

कांग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत 

‘हामी साझा निष्कर्षमा अझै पनि निचोड निकाल्न सक्छाैं, सर्वसहमतीका साथ निकाल्न सक्छाैं भन्ने लागेको छ। अब छलफल जारी छ अहिले यसै भन्न सकिन्छ तर हाम्रो कोशिष त्यही हुन्छ,’ उनले भने। 
कांग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत 

काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिवेशनका लागि दुई वटा प्रस्ताव आएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्। 

मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगन थापाले र सहमहामन्त्री महेन्द्र यादवले आफ्नो व्यक्तिगत तर्फबाट अधिवेशनका लागि प्रस्तावहरु आएको बताएका हुन्। 

Hardik ivf

‘आज केन्द्रिय समितिको बैठकमा व्यक्तिगतरुपमा दुई वटा प्रस्ताव अगाडि आए तपाईंहरुलाई थाहा छ। महामन्त्री गगन थापाले निर्वाचन अगाडि अधिवेशन गर्न सकिने प्रस्ताव उहाँले ल्याउनु भएको छ भने सहमहामन्त्री महेन्द्र यादवले पनि यो निर्वाचन र अधिवेशन सँग–सँगै लादा अप्ठ्यारो पर्छ समय पनि हामीलाई पुग्दैन। क्रियाशिल सदस्य अगाडि पुग्यौँ र वडादेखिको अधिवेशन चै चैतबाट सुरु गरेर बैशाख भित्रै सकौँ भन्ने उहाँहरुको प्रस्ताव थियो,’ उनले भने।

नेता महतले चासो र चिन्ताका विषय, राष्ट्रिय मुद्धा धेरै भएपनि बैठकमा अधिवेशनका कुराले ज्यादा प्राथमिकता पाइरहेको बताए। उनले बैठकमा अझै फरक किसिमको प्रस्ताव आउन सक्ने भन्दै छलफलबाट साझा निश्कर्ष निकाल्न सक्ने बताए। 

‘हामी साझा निष्कर्षमा अझै पनि निचोड निकाल्न सक्छाैं, सर्वसहमतीका साथ निकाल्न सक्छाैं भन्ने लागेको छ। अब छलफल जारी छ अहिले यसै भन्न सकिन्छ तर हाम्रो कोशिष त्यही हुन्छ,’ उनले भने। 

आजको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा राखेका थिए। 

प्रकाशित मिति: २०:३१ बजे, मंगलबार, कात्तिक १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्