Kathmandu Press

नौ कम्युनिष्ट घटकबीचको एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’  

मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको जानकारी माओवादीका नेता रामप्रसाद सापकोटा दिपशिखाले दिए।
नौ कम्युनिष्ट घटकबीचको एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’  

काठमाडौं, कात्तिक १८ : नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका नौ दलबीचको एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। 

पार्टी एकतापछि राखिने नामको प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको हो। 

मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको जानकारी माओवादीका नेता रामप्रसाद सापकोटा दिपशिखाले दिए। पार्टीको चुनाव चिन्ह तारा राखिने भएको छ। 

अब उक्त नामबारे एकता प्रक्रियामा रहेका पार्टीहरूसँग छलफल गरिनेछ। 

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, कात्तिक १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्