Kathmandu Press

कांग्रेस बैठकमा महाधिवेशनको मितिबारे दुईवटा प्रश्ताव पेश 

महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका छन्। 
कांग्रेस बैठकमा महाधिवेशनको मितिबारे दुईवटा प्रश्ताव पेश 
फाइल तस्बिर।

काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका बिषयमा फरक-फरक दुईवटा कार्यतालिका पेश भएका छन्। 

संस्थापनका तर्फबाट सहमहामन्त्री महेन्द्र यादव र संस्थापन इतरबट महामन्त्री गगन थापाले भिन्नाभिन्नै कार्यतालिका पेस गरेका हुन्। महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका छन्। 

सहमहामन्त्री यादवले आगामी चैत २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका हुन्।

महामन्त्री थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रश्तुत गरेका थिए। सहमहामन्त्री यादवको प्रश्तावमा भने चैतमै वडादेखि केन्द्रसम्मको अधिवेशन सक्ने कार्यतालिका रहेको छ। 

महाधिवेशनको मितिलाई लिएर उत्पन्न विवादका कारण स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको हो। 

महाधिवेशनको मितिमा कुरा नमिल्दा गत शुक्रबार देखि कांग्रेस बैठक अवरुद्ध हुँदैआएको थियो । केन्द्रीय कार्यालय सानेपामा गत २८ असोजदेखि कांग्रेस बैठक चल्दै आएको छ। 

आजको बैठकमा १५ औं महाधिवेशनको मितिबारे प्रश्ताव पेश भई छलफल चलिरहेको छ । शीर्ष तहका नेताहरुबीच विभन्न चरणमा बैठक बसेपनि महाधिवशेनका लागि सहमति जुट्न सकेको छैन  
 

प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, कात्तिक १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्