Kathmandu Press

‘पार्टीभित्र देखिएका समस्या समाधान गर्दै एकताबद्ध रूपमा अगाडि बढ्नुपर्छ’

‘राप्रपाको दृष्टिकोण सुरुदेखि नै सबै समान विचारका समूह, संगठन र व्यक्तिहरूलाई एकतावद्ध गर्ने हो,’ राणाले भने, ‘राजसंस्था चाहिने युवा पुस्ता जेनजीहरू समेतलाई एकढिक्का बनाएर अगाडि बढाउने हाम्रो प्रयास जारी छ।’
‘पार्टीभित्र देखिएका समस्या समाधान गर्दै एकताबद्ध रूपमा अगाडि बढ्नुपर्छ’

काठमाडौं, कात्तिक १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन्।

मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष्य राजावादी, राष्ट्रवादी, हिन्दुवादी, गणतन्त्र तथा संघीयता विरोधी शक्ति र देशको विकास, प्रगति र स्थायित्व चाहने सबै पक्षलाई एक प्लेटफर्ममा ल्याउने रहेको बताए।

Hardik ivf

‘राप्रपाको दृष्टिकोण सुरुदेखि नै सबै समान विचारका समूह, संगठन र व्यक्तिहरूलाई एकतावद्ध गर्ने हो,’ राणाले भने, ‘राजसंस्था चाहिने युवा पुस्ता जेनजीहरू समेतलाई एकढिक्का बनाएर अगाडि बढाउने हाम्रो प्रयास जारी छ।’

उनले पार्टी राजासहितको प्रजातन्त्रको पक्षधर रहेको दोहो¥याउँदै वर्तमान राजनीतिक परिस्थितिमा सबै देशभक्त शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

राणाले देशको हित र स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यकता आज झनै बढेको भन्दै सबै देशवासी, पार्टी र समूहलाई साझा उद्देश्यका लागि एकजुट हुन आह्वान गरेका छन्।

‘राजसंस्था चाहिने जेनजीहरु पनि छन्। उहाँहरुलाई हामी एकढिक्का बनाएर अगाडि लाने प्रयास गर्दैछौं। हामी मुलभूत रुपले यो देशमा राजासहितको प्रजातन्त्रको पक्षधर हौं,’ उनले भने, ‘हाम्रो एजेण्डामा आउने जेनजीहरु लगायत सबै देशवासी पार्टी, समूहहरुलाई सबैलाई आह्वान गर्छौं की यो परस्थितिमा सबै  एकढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने सोच र विचार हो।’
 
प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, कात्तिक १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्