Kathmandu Press

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु 

महाधिवेशनको मितिमा कुरा नमिल्दा गत शुक्रबार देखि कांग्रेस बैठक अवरुद्ध हुँदैआएको थियो । केन्द्रीय कार्यालय सानेपामा गत २८ असोजदेखि कांग्रेस बैठक चल्दै आएको छ। आजको बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने भएको छ। 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु 

काठमाडौं, कात्तिक १८ : महाधिवेशनको विषयमा विवादका कारण स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ।

महाधिवेशनको मितिमा कुरा नमिल्दा गत शुक्रबार देखि कांग्रेस बैठक अवरुद्ध हुँदैआएको थियो । केन्द्रीय कार्यालय सानेपामा गत २८ असोजदेखि कांग्रेस बैठक चल्दै आएको छ। आजको बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने भएको छ। 

कांग्रेस महाधिवेशन २१ फागुनका लागि तोकिएको चुनाव अघि गर्ने कि पछि गर्ने भन्ने बिषयमा छलफल केन्द्रीत हुँदै आएको छ । शीर्ष तहका नेताहरुविच विभन्न चरणमा बैठक बसेपनि महाधिवशेनका लागि सहमति जुट्न सकेको छैन। 

आजको बैठकमा संस्थापन पक्षबाट चुनाव पछि महाधिवशेन हुने गरी कार्यतालिका पेश गर्ने तयारी छ भने महामन्त्री गगन थापा चुनाव अगावै महाधिवेशन गर्नुपर्ने प्रश्ताव गर्ने तयारीमा छन्। म

हाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारीले विवाद सुल्झनुको सट्टा झन् बढ्ने अवस्था देखिएको छ । कांग्रेस संस्थापन पक्षको वैशाख अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मा पक्षले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर रहेको दाबीसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् । उक्त हस्ताक्षरको वैधानिकतामाथि संस्थापन पक्षले प्रश्न उठाउँदै आएको छ । 

प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, कात्तिक १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्