Kathmandu Press

सर्वोच्च र जिल्ला अदालतले दिए आगजनी, तोडफोड र लुटपाटमा जाहेरी 

गत भदौ २४ गतेको घटनामा सर्वोच्चसहित २३ वटा अदालतमा आगजनी तथा तोडफोडका घटना भएका थिए। जाहेरी दिए पनि कसैको नाम भने किटान नगरिएको जनाइएको छ। 
सर्वोच्च र जिल्ला अदालतले दिए आगजनी, तोडफोड र लुटपाटमा जाहेरी 

काठमाडौं, कात्तिक १८ : सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्। 

जाहेरी दर्ता भएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले प्रराम्भिक अनुसन्धान समेत थालेको छ। प्रहरी जाहेरीमा काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरिएको छ। 

Hardik ivf

गत भदौ २४ गतेको घटनामा सर्वोच्चसहित २३ वटा अदालतमा आगजनी तथा तोडफोडका घटना भएका थिए। जाहेरी दिए पनि कसैको नाम भने किटान नगरिएको जनाइएको छ। 

जेनजी आन्दोलनका नाममा विभिन्न घुसपैठिया समूहबाट गरिएको आगजनी र तोडफोडका कारण सर्वोच्च अदालत क्षतविक्षत बनेको छ। 

आगलागीमा परेर भौतिक संरचनासँगै सबै मिसिल, कागजात, अभिलेख, डिजिटल डाटाबेस, कम्प्युटर, सवारीसाधनसम्म खरानीमा परिणत भए। आगजनीमा परी झन्डै ५० हजारभन्दा बढी मुद्दाका मिसिल खरानी बनेका छन्।

प्रकाशित मिति: १४:०२ बजे, मंगलबार, कात्तिक १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्