Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाएको ताला खुल्यो 

खड्काले केन्द्रीय समिति बैठकबाट युवाहरूको माग सम्बोधन हुने प्रतिबद्धता जनाएपछि ताला खोल्न तयार भएका हुन्। 
कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाएको ताला खुल्यो 

काठमाडौं, कात्तिक १८ : नियमित महाधिवेशनको समय माग गर्दै युवा कार्यकर्ताले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा लगाएको ताला मंगलबार खुलेको छ। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा युवा कार्यकर्ताले ताला खोल्न तयार भएका हुन्।

खड्काले केन्द्रीय समिति बैठकबाट युवाहरूको माग सम्बोधन हुने प्रतिबद्धता जनाएपछि ताला खोल्न तयार भएका हुन्। 

उनीहरुले ३ बुँदे मागसहित मुख्य गेटमा तालाबन्दी गरेका थिए। कांग्रेसको नियमित महाधिवशन र युवाहरुको सुनिश्चितता, नियमित महाधिवेशन गर्न नसके वर्तमान केन्द्रीय समिति विघटन, ४० वर्ष मुनिका ४० प्रतिशत युवाहरुको पार्टीभित्र वडादेखि केन्द्रसम्म, हरेक तहको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागहरू पनि उनीहरुका थिए। 

कांग्रेसलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै तालाबन्दी गरिएको थियो। कांग्रेसको मंगलबार नै केन्द्रीय समिति बैठक पनि बस्दैछ। 

प्रकाशित मिति: १३:५२ बजे, मंगलबार, कात्तिक १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्