Kathmandu Press

‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

उनले नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु बढ्दै गएको भन्दै यसको लागि चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन हुने बताए। 
‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

काठमाडौं, कात्तिक १८ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन्। 

मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा वैकल्पिक उर्जाको कार्य क्षेत्र बढदै गएको बताए। 

Hardik ivf

‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा एकदमै ठूलो योगदान गरेको छ। यसको लागि वैकल्पिक उर्जाले बधाईको पात्र हुनुहुन्। अझै धेरै गर्नुछ,’ उनले भने, ‘अहिले वैकल्पिक उर्जाको कार्य क्षेत्र धेरै बढेको छ। अहिले खाना बनाउनको लागि पनि इन्डक्शनको प्रयोग हुन्छ जहाँ उर्जा कै प्रयोग हुन्छ।’

साथै, उनले नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु बढ्दै गएको भन्दै यसको लागि चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन हुने बताए। 

‘चार्जिङ स्टेशनको केही नीतिलाई पुननिर्माण गर्नुपर्ने छ, त्यो नीति मन्त्रालयबाट गई सकेको छ। अब अर्को बोर्डबाट हामीले त्यो पास गर्छौहोला। नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु पनि बढ्दै गएको छ,’ उनले भने, ‘यसको लागि चार्जिङ् स्टेशनहरु एकदमै महत्वपूर्ण हुन्छ । चार्जिङ स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन गर्छ।’

वैकल्पिक उर्जाको रुपमा सोलार पनि बढ्दै गएको भन्दै सोलारलाई प्रमोशन गर्ने हिसाबमा कार्य योजनाहरु बनाएको पनि उनको भनाइ छ। 

‘सोलारको कुरामा निजी क्षेत्रलाई पनि सोलारलाई खोलेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले त्यसको कार्ययोजना बनिरहेको छ। सोलारलाई हामी प्रमोशन नै गर्ने हो। यसमा रोक लगाउने काम गर्दैनांै,’ उनले भने।

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, कात्तिक १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्