Kathmandu Press

माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो। नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो।
माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौं, कात्तिक १८ : नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ। 

बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो। नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो। गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो।

तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक राखिएको हो।
 
प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, कात्तिक १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्