Kathmandu Press

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु  हुने

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो। 
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु  हुने

काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ। 

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो। 

बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने छन्। 

आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन्। 

संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ।
 
प्रकाशित मिति: ११:३० बजे, मंगलबार, कात्तिक १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्