Kathmandu Press

१५औं महाधिवेशन वैशाखमा गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय 

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन प्रस्ताव गर्ने निर्णय लिएको हो। उक्त प्रश्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लगिने भएको छ। 
१५औं महाधिवेशन वैशाखमा गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय 

काठमाडौं, कात्तिक १७ : नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५ औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने निर्णय लिएको छ। 

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन प्रस्ताव गर्ने निर्णय लिएको हो। उक्त प्रश्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लगिने भएको छ। 

यस्तै, भेलाले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि पार्टीका सबै तहलाई सक्रिय रहन आहवान गर्ने निर्णय पनि गरेको छ।

यस्तै, आगामी पुस १५ गतेभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरी सक्नु पर्ने रसम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि लिइएको छ । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी धारणाले कांग्रेस महाधिवेशन यतिबेला अन्यौलमा परेको छ। 

ललितपुरको धोबिघाटमा सोमबार दिउँसो बसेको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको बैठक विना सहमति यत्तिकै उठेको छ। केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू अनौपचारिक छलफलमा जुटेका थिए। 

भोलि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । आज सहमती नजुटेपछि महाधिवेशनका लागि मंगलबार दुई प्रकृतिको कार्यतालिका पेश हुने संभावना देखिएको छ । यता, महामन्त्री गगन थापाले चुनाव अघि १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गर्ने तयारी गरेका छन् ।


 

प्रकाशित मिति: १९:५२ बजे, सोमबार, कात्तिक १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्