Kathmandu Press

कुलमान भन्छन्– राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन

सोमबार अपरान्ह सामाजिक सञ्जालमार्फत उनले मन्त्री पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 
कुलमान भन्छन्– राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन

काठमाडौं, कात्तिक १७ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी आएका समाचारप्रति सत्यता नभएको बताएका छन्। 

सोमबार अपरान्ह सामाजिक सञ्जालमार्फत उनले मन्त्री पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 

Hardik ivf

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु,’ उनले भने, ‘जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।’

नयाँ राजनीतिक दल खोल्न मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने आसयका समाचारहरुप्रति घिसिङले प्रष्टिकरण दिएका हुन्। 
 
प्रकाशित मिति: १९:१४ बजे, सोमबार, कात्तिक १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्