जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरिने
काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।-1762175491.jpg)
काठमाडौं, कात्तिक १७ : सरकारले गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।
‘जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ, अन्य थपको पनि अध्ययन हुँदैछ,’ उनले भने।
त्यस्तै उनले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय भएको पनि जानकारी दिए।
प्रकाशित मिति: १८:५६ बजे, सोमबार, कात्तिक १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












