Kathmandu Press

कांग्रेस विशेष महाधिवेशन पक्षधर नेताहरू र डा.कोइरालाबीच छलफल 

विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायत नेताहरूले नेता कोइरालासँग भेट गरेका हुन् । उनीहरुले नेता कोइरालासँगको भेटमा नियमित महाधिवेशन गर्न समस्या हुने बताएका थिए।
कांग्रेस विशेष महाधिवेशन पक्षधर नेताहरू र डा.कोइरालाबीच छलफल 

काठमाडौं, कात्तिक १७ : नेपाली कांग्रेसको संस्थापन पक्षीय भेला बसिरहेका बेला विशेष महाधिवेशन पक्षधर नेताहरूले इतर पक्षका नेता डा.शेखर कोइरालासँग भेटेर महाधिवेशनबारे छलफल गरिरहेका छन्। 

विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायत नेताहरूले नेता कोइरालासँग भेट गरेका हुन् । उनीहरुले नेता कोइरालासँगको भेटमा नियमित महाधिवेशन गर्न समस्या हुने बताएका थिए। 

Hardik ivf

भेटमा कोइरालासँग विशेष महाधिवेशनको मिति तोकेर अघि बढ्नुपर्ने कुरा राखेको बताइएको छ । छलफलकाक्रममा नेता कोइरालाले आफूले समन्वयकारी भूमिका खेलिरहेको बताएका थिए।

यता, महाधिवेशन विवाद बढीरहेका बेला नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बसेको छ । भेला बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा शुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला डाकिएको हो। 

महाधिवेशनको निकासका लागि उपायको खोजी हुने भेलामा सहभागि एक नेताले बताए । भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने भएको छ। 

यस्तै, २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने तयारी पनि गरिएको छ। 
 
प्रकाशित मिति: १३:३५ बजे, सोमबार, कात्तिक १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्