Kathmandu Press

सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो 

शर्माले सस्तोमा सुन पाइने र आफैंले पनि किन्ने, साथै काठमाडौंमा चिनेजानेकालाई पनि किनिदिने भन्दै कुरा गर्ने गरेका थिए। यही कुराबाट लोभिएर सुनिल र उनका भान्जा २३ वर्षीय राहुल साहले शर्मासँग भएको पैसा लुट्ने योजना तयार पारेको बताइएको छ। 
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो 

झापा, कात्तिक १७ : झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो। शर्माले सस्तोमा सुन पाइने र आफैंले पनि किन्ने, साथै काठमाडौंमा चिनेजानेकालाई पनि किनिदिने भन्दै कुरा गर्ने गरेका थिए। यही कुराबाट लोभिएर सुनिल र उनका भान्जा २३ वर्षीय राहुल साहले शर्मासँग भएको पैसा लुट्ने योजना तयार पारेको बताइएको छ। 

Hardik ivf

गत कात्तिक ९ गते सुनिलले सरोज शर्मालाई फोन गरी भारतबाट ल्याएको सुन देखाउने बहानामा बोलाए । त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका–४ अन्तर्गत दहिझोडा सामुदायिक वनतर्फ गए । प्रहरीका अनुसार यही ठाउँमा तीनैजना पुगेपछि सुन देखाउने बहानामा विवाद भएको र त्यही बेला सुनिल र राहुलले योजनाबद्ध रूपमा शर्मामाथि हमला गरेका थिए।

प्रहरी अनुसन्धानअनुसार, उनीहरूले हातमा रहेको हथौडाले सरोजको टाउकोमा प्रहार गरि हत्या गरे । त्यसपछि शवलाई लुकाउनका लागि उनीहरूले शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडीमा राखेर झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीको अनुमान छ। 

हत्या लुकाउनका लागि अपराधीहरूले शर्माको गाडी मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा लगेर जलाएका थिए । प्रहरीले जनाएको अनुसार, उनीहरूले हत्या भएको पाँच दिनपछि अर्थात् कात्तिक १३ गते राति गाडी जलाएका थिए।

कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका सरोज शर्माबारे परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजतलास सुरु भएको थियो। अनुसन्धानका क्रममा प्रहरीले कात्तिक १३ गते शर्माको गाडी जलिरहेको अवस्थामा फेला पा¥यो। त्यसपछि प्रहरीले सो क्षेत्र र सम्भावित ठेगानामा खोजी विस्तार गरेको थियो। 

अन्ततः कात्तिक १५ गते राति १ बजे बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शर्माको शव फेला पर्यो। त्यसपछि प्रहरीले शकको आधारमा सुनिल र राहुललाई नियन्त्रणमा लियो। प्रारम्भिक सोधपुछका क्रममा दुवैले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, घटनामा संलग्न अर्का एक जना भारतीय नागरिक अझै फरार छन् र उनको खोजी भइरहेको छ।

पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रो र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, कात्तिक १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्