Kathmandu Press

कांग्रेससंस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्ने तयारी

केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको जनाइएको छ।
कांग्रेससंस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्ने तयारी

काठमाडौं, कात्तिक १७ : महाधिवेशन विवाद बढीरहेका बेला नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्ने तयारी भइरहेको छ। 

भेला आज दिउँसो नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा बस्न लागेको हो। केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको जनाइएको छ। 

महाधिवेशनको निकासका लागि संस्थापन पक्षयि नेताहरु छलफलमा बस्न लागेका हुन्। भेलाबाट १५ औं महाधिवेशनको मिति प्रस्ताव गरिने भएको छ। 

भेलाबाट  २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने तयारीसमेत रहेको छ। 

यसअघि विशेष महाधिवेशनका लागि पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन माग गर्ने तयारी समेत गरिएको छ। 

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, कात्तिक १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्