Kathmandu Press

पार्टी एकता प्रक्रियामा जनार्दनको असहमति, भन्छन्– पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ

‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु। मैले यो कुरा भनिदिएको छु । आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्ने कुरा एकता होइन,’ उनी भन्छन्।
पार्टी एकता प्रक्रियामा जनार्दनको असहमति, भन्छन्– पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ

काठमाडौं, कात्तिक १७ : नेकपा माओवादी केन्द्र का उपाध्यक्ष जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि बढाइरहेको पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन्। शर्माले वर्तमान एकता प्रयास जेनजी आन्दोलनको भावना विपरीत रहेको बताएका छन्।

‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु। मैले यो कुरा भनिदिएको छु,’ उनले पार्टीलाई सुदृढ बनाउने कुरा गरेको स्पष्ट गर्दै भने, ‘आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्ने कुरा एकता होइन।’ 

Hardik ivf

उनले अहिले भइरहेको एकता प्रयास माओवादी पार्टीले बोक्न नसक्ने खालको भएको बताएका छन्। ‘महाधिवेशनमा प्रतिस्पर्धा छल्नकै लागि प्रचण्डले एकताको कुरा गरिरहनुभएको हो । पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ, त्यसपछि मात्रै समग्र कम्युनिस्ट आन्दोलन एकतामा जान सक्छ,’ शर्माले भने।

उनले तत्काल एकता प्रक्रिया स्थगन गरी पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न आह्वान गरे।

उनले गणतन्त्र स्थापना पछि माओवादी पार्टीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकांक्षाअनुसार समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी पूरा गर्न नसकेको उल्लेख गरे। 

प्रकाशित मिति: ११:३७ बजे, सोमबार, कात्तिक १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्