Kathmandu Press

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले बैठकको एजेण्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं, कात्तिक १७ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले बैठकको एजेण्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्ययोजनालगायत केन्द्रीय कार्यकारिणी समितिको बैठकको एजेण्डा रहेको बस्नेतले बताए । जसपा नेपालले कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको उनको भनाइ छ । 
 
प्रकाशित मिति: ०७:४३ बजे, सोमबार, कात्तिक १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्