Kathmandu Press

रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल 

बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखमा जिम्मेवारी दिइएको छ। अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धान कार्यमा संलग्न रहेका छन्।
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल 

काठमाडौं, कात्तिक १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ।

प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो।

बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखमा जिम्मेवारी दिइएको छ। अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धान कार्यमा संलग्न रहेका छन्।

Hardik ivf

रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य बनाइएको छ। भट्टराई नेपाल स्काउट पूर्वनिर्देशक हुन भने शाक्य जनस्वास्थ्य विज्ञका रूपमा चिनिन्छन्।

सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख र तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्यको जिम्मेवारी दिइएको छ । पौडेल ह्वाइट हाउस कलेजका प्राचार्य हुन्।

त्यस्तै, बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभाग उपप्रमुख बनेका छन्। श्रेष्ठ व्यवस्थापन विज्ञ हुन् र संयुक्त राष्ट्रसंघ नेपालमा लामो समय कार्यरत थिए।
पार्थीवेन्द्र उपाध्याय, मनिराम घिमिरे, र ज्ञानु पौडेल पनि केन्द्रीय शिक्षा र महिला विभागमा सदस्यका रूपमा नियुक्त भएका छन्।

पूर्व लुम्बिनी प्रदेश मन्त्री कल्पना पाण्डे र सामाजिक नेतृ ज्ञानु पौडेल केन्द्रीय महिला विभाग सदस्यका रूपमा चयन भएका छन्।

प्रवास समन्वयमा सक्रिय अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख र ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ।

त्यस्तै, प्रमिला कुमारी सिंह नीति विचार विभाग सदस्यका रूपमा जिम्मेवारी पाएकी छन् । सिंहले नेपालका विभिन्न विकास परियोजनामा लामो समय काम गर्ने अनुभव प्राप्त गरेकी छिन्।
 

प्रकाशित मिति: २०:०१ बजे, आइतबार, कात्तिक १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्