Kathmandu Press

प्रधानन्यायाधीश राउत बंगलादेशको भ्रमणमा 

बंगलादेशका प्रधानन्यायाधीश डा.सैयद रेफात अहमेदको निमन्त्रणामा प्रधानन्यायाधीश राउतसहितको टोली आइतबार ढाका पुगेको हो।
प्रधानन्यायाधीश राउत बंगलादेशको भ्रमणमा 

काठमाडौं, कात्तिक १६ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बंगलादेशको भ्रमणमा ढाका पुगेका छन्। 

बंगलादेशका प्रधानन्यायाधीश डा.सैयद रेफात अहमेदको निमन्त्रणामा प्रधानन्यायाधीश राउतसहितको टोली आइतबार ढाका पुगेको हो।

भ्रमण टोलीमा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल सहभागी छन्।

राउत स्वेदश नफर्किउञ्जेलसम्मका लागि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको छ । सर्वोच्चका अनुसार प्रधानन्यायाधीश राउतसहितको टोली आगामी मंगलबारसम्म बंगलादेशको राजधानी ढाकामा रहने छ। 
 

प्रकाशित मिति: १८:५७ बजे, आइतबार, कात्तिक १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्