Kathmandu Press

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल

परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरूसँग छलफल गरेकी हुन्। 
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल
Hardik ivf

काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेकी छिन्। छलफल प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिबाट सुरु भएको हो।

परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरूसँग छलफल गरेकी हुन्। 

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सहभागी छन्। 

प्रकाशित मिति: १७:५० बजे, आइतबार, कात्तिक १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्