Kathmandu Press

हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगको मान्यता

‘हाम्रो एजेण्डा काम गर्ने हो। जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो। उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं,’ उनले भने।
हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगको मान्यता

काठमाडौं, कात्तिक १६ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ। आयोगले आइतबार पार्टीलाई मान्यता दिएको हो।

मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए।

‘हाम्रो एजेण्डा काम गर्ने हो। जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो। उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं,’ उनले भने।

साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन हुनेछ।

प्रकाशित मिति: १६:२० बजे, आइतबार, कात्तिक १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्