Kathmandu Press

काठमाडौं कालमोचन घाटमा महानगरले चलायो डोजर

नगरप्रहरी नायव उपरिक्षक पूर्णचन्द्र भट्टले सरकारी जग्गामा बिना टेन्डर पसलहरु सञ्चालनमा ल्याइएकोले डोजर चलाएको बताए। 
काठमाडौं कालमोचन घाटमा महानगरले चलायो डोजर

काठमाडौं, कात्तिक १६ : काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

आइतबार राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीको टोली पुगेको थियो। तर प्रहरीसँगको संवादपछि महानगरपछि हटेको हो। सोही क्षेत्रमा रहेका अन्य संरचनामा डोजर चलाइएको छ। 

Hardik ivf

प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरी टोली त्यहाँ पुगेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।  

नगरप्रहरी नायव उपरिक्षक पूर्णचन्द्र भट्टले सरकारी जग्गामा बिना टेन्डर पसलहरु सञ्चालनमा ल्याइएकोले डोजर चलाएको बताए। 

Photo-(4)-(19)-1762079278.jpg
 

‘बिना टेन्डर प्रकृया नै पसलरु सञ्चालन गरिएका थिए। सरकारी जग्गामा सानो एउटा खाजा पसल खोल्न त टेन्डर चाहिन्छ। यहाँ चाँही उसै टीका लगाएर दिने हो र ? भट्टी पसल खोलेर बस्नुभएको छ अझ। नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन,’ उनले भने।

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, कात्तिक १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्