Kathmandu Press

माओवादी केन्द्रसहितका पाँच बाम घटकबीच कात्तिक २० मा एकता घोषणा 

सापकोटाले एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समितिको बैठक कात्तिक २० गते बस्ने तय भएको जानकारीसमेत दिएका छन् । त्यसपछि एकता घोषणा हुने छ। 
माओवादी केन्द्रसहितका पाँच बाम घटकबीच कात्तिक २० मा एकता घोषणा 

काठमाडौं, कात्तिक १६ : नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच यही कात्तिक २० गते पार्टी एकता हुने भएको छ।

माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार आइतबार बसेको सचिवालय बैठकले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठकबाट कात्तिक २० गते पार्टी एकता घोषणा गर्ने तय भएको हो। 

सापकोटाले एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समितिको बैठक कात्तिक २० गते बस्ने तय भएको जानकारीसमेत दिएका छन् । त्यसपछि एकता घोषणा हुने छ। 

समाजवादी मोर्चामा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’ बाट अलग्गिएका चिरन सीसहितको समूह, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) सहितका दलविच एकता हुन लागेको छ । नवगठित पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधव नेपाल रहने टुंगो लागिसकेको छ। 

सहमती अनुसार एकीकृत पार्टीलाई बहुपदीय ढाँचामा लगिने, माक्र्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने, नेपाली विशेषताको समाजवाद तत्कालकको कार्यनीति रहने, दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवादी रहने जस्ता बिषयको टुंगो लागेको छ।

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, कात्तिक १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्