Kathmandu Press

‘कांग्रेस सुधार अभियान, अन्डर–४०’ समूहले लगायो पार्टी कार्यालयमा ताला 

उक्त समूहले पार्टी केन्द्रीय कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए। पार्टीको नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने उनीहरुको प्रमुख माग रहेको छ
‘कांग्रेस सुधार अभियान, अन्डर–४०’ समूहले लगायो पार्टी कार्यालयमा ताला 

काठमाडौं, कात्तिक १४ : नेपाली कांग्रेसको पार्टी मुख्यालयको गेटमा ताला लगाइएको छ। 

सुरक्षा घेरा तोड्दै ‘कांग्रेस सुधार अभियान (अन्डर–४०)’ समूहका नाममा पुगेको एक समूहले पार्टी कार्यालयको गेटमा तालाबन्दी गरेका हुन्। 

उक्त समूहले पार्टी केन्द्रीय कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए। पार्टीको नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने उनीहरुको प्रमुख माग रहेको छ

पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएपछि अभियानका युवायुवतीले बाहिरै बसेर नाराबाजी गरे। 

उनीहरू ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् !’, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस्!’ लगायत नारा र प्लेकार्ड बोकेर पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। 

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, कात्तिक १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्