Kathmandu Press

बन्चरेडाँडाको समस्या समाधान गर्ने मन्त्री घिसिङको प्रतिवद्धता, फोहोर फाल्न दिने सहमति

स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएपछि फोहोर फाल्न दिने सहमति भएको छ। 
बन्चरेडाँडाको समस्या समाधान गर्ने मन्त्री घिसिङको प्रतिवद्धता, फोहोर फाल्न दिने सहमति

काठमाडौं, कात्तिक १६ : सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन्।

स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएपछि फोहोर फाल्न दिने सहमति भएको छ। 

Hardik ivf

बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका मन्त्री घिसिङले फोहोर सम्पत्ती भएकाले यसलाई पैसामा परिणत गर्न सबैले फोहोरको व्यवस्थापन घरबाट गर्न पहल गर्नुपर्ने बताए। 

‘फोहोर भनेको फोहोर होइन, सम्पती हो, पैसा हो। त्यो पैसामा कसरी परिणत गर्ने भन्ने विषयलाई हामीले अगाडि बढाउन पर्छ,’ उनले भने, ‘हरेक घरबाट नै फोहोरको व्यवस्थापन घरबाट निस्केपछि त्यसको व्यवस्थापन गरी सबै प्रदुषणलाई कसरी हटाउन सकिन्छ यसमा आम नागरिकको हिसाबले समाधान तर्फ जानुपर्छ।’

बञ्चरेडाँडाको समस्या अदालतसँग जोडिएको भन्दै अदालत र सरकारले स्थानीय निकायहरुको लागि बाटो खोल्नुपर्ने बताए। 

‘यहाँ धेरै कुराहरु अदालतसँग जोडिएको छ। कतिपय विषय अदालत पुगेर पनि डेटलकमा बसेको विषयहरु पनि छ। यस्ता विषय डेटलकमा बस्नुहुँदैन। अदालतले पनि हेर्नुपर्छ, सरकारले हेर्नुपर्छ, स्थानीय निकायले हेर्नुपर्छ,’ उनले भने। 

मन्त्री घिसिङ सहित आइतबार बिहानै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए । 
 

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, कात्तिक १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्