३ दिनपछि सञ्चालनमा आयो विपी राजमार्ग
काभ्रेको चारसयबेशी र पिप्लेमा पहिरोले सडक अवरुद्ध गरेको स्थानमा डाइभर्सन निर्माण गरेपछि आजबाट राजमार्ग संचालनमा आएको हो।
काभ्रे, कात्तिक १५ : विपी राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ।
काभ्रेको चारसयबेशी र पिप्लेमा पहिरोले सडक अवरुद्ध गरेको स्थानमा डाइभर्सन निर्माण गरेपछि आजबाट राजमार्ग संचालनमा आएको हो।
बिहीबारदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा गएको पहिरो र लेदोको कारण तीन दिनदेखि राजमार्ग अवरुद्ध थियो।
लगातारको वर्षाका कारण बिपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो।
डाइभर्सन निर्माण भए पनि रोशी खोलाको किनारा र माथिबाट आउने सुक्खा पहिरोको कारण सावधानी अपनाएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रकाशित मिति: १२:५२ बजे, आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

