Kathmandu Press

स्थानीयसँग छलफल गर्न बञ्चरेडाँडा पुगे मन्त्री घिसिङ

उनले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने बताइएको छ। 
स्थानीयसँग छलफल गर्न बञ्चरेडाँडा पुगे मन्त्री घिसिङ

काठमाडौं, कात्तिक १६ : केही दिनदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जनामा देखिँदै आएको अवरोध हटाउन शहरी विकास मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगेका छन्। 

विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेका छन्। स्थानीयले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएका छन्। 

उनले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने बताइएको छ। 

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो।

प्रकाशित मिति: ११:३८ बजे, आइतबार, कात्तिक १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्