Kathmandu Press

प्रधानमन्त्री कार्कीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज बस्दै

बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज बस्दै
Hardik ivf

काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आज बस्दै छ। बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेकी हुन्।
 

प्रकाशित मिति: ०८:३८ बजे, आइतबार, कात्तिक १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्