Kathmandu Press

संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको छ : भीम रावल

‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ। तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ,’ उनले भने।
संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको छ : भीम रावल

काठमाडौं, कात्तिक १५ : मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरु खारेज गर्नुपर्ने बताएका छन्। 

शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।  

‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ। तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ,’ उनले भने।

उनले भ्रष्टाचारको जड नेताहरु मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म  महामारीको रुपमा फैलिएको बताए। उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात युवा पुस्ताले काम गर्नुपर्ने बताए।  

‘भ्रष्टाचारको जडको नेताहरुमा मात्र देख्नु भएको छ । नेताहरुलाई कारवाही त गर्नैपर्छ । यसमा विवाद छैन् तर वडादेखि विकास समितिका प्रत्येक क्षेत्रमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ,’ उनले थप भने, ‘यसको जरो उखेल्नलाई शल्यक्रिया जरुरी छ। आजको जेनजी अर्थात युवा पुस्ताले शल्यक्रिया गर्न तयार हो कि होइन, मेरो प्रश्न छ।’ 

उनले यो संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको समेत बताए। 

प्रकाशित मिति: २०:४५ बजे, शनिबार, कात्तिक १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्