Kathmandu Press

कांग्रेस विभाजन गर्ने कुरा कसैले कल्पना पनि गर्न सक्दैन : महामन्त्री शर्मा 

शर्माले लोकतान्त्रिक पार्टीभित्र विभिन्न समूहमा छलफल हुने पनि बताए । महाधिवेशनबारे कांग्रेसमा खुला छलफल भएको बताउँदै उनले चार वटा विकल्पमा आफुले नै छलफल राखेको पनि उनले बताए। 
कांग्रेस विभाजन गर्ने कुरा कसैले कल्पना पनि गर्न सक्दैन : महामन्त्री शर्मा 

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विभाजन गर्ने कुरा कसैले कल्पना पनि गर्न नसक्नेबताएका छन्। शनिबार संचारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो भनाई राखेका हुन्। 

पत्रकारको जिज्ञासा मेटाउनेक्रममा महामन्त्री शर्माले भने, ‘कांग्रेसमा खुल्ला छलफल हुन्छ, तर पार्टी विभाजन गर्ने कुरा कसैले कल्पना गर्न सक्दैन । बाहिर आएका हल्लामा कुनै सत्यता छैन, सभापति शेरबहादुर देउवाले सबैको भावना समेट्नुहुन्छ अहिले उहाँ देश बाहिर हुनुहुन्छ, देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर नबुझाउँदै सभापति देउवाले जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । उहाँको भनाइले पनि प्रष्ट हुन्छ पार्टीमा उहाँले कसरी नेतृत्व हस्तान्तरण गर्न खोज्नुभएको भन्ने।’ 

Hardik ivf

शर्माले लोकतान्त्रिक पार्टीभित्र विभिन्न समूहमा छलफल हुने पनि बताए । महाधिवेशनबारे कांग्रेसमा खुला छलफल भएको बताउँदै उनले चार वटा विकल्पमा आफुले नै छलफल राखेको पनि उनले बताए। 

‘केन्द्रीय समिति बैठकमा त्यही मिलाउन समय लागेको होइन समयोचित निर्णय गर्न हो,’ शर्माले भने, ‘सबैको अस्तित्व स्वीकार्नेगरी सहमतिमा अघि बढ्नुको विकल्प छैन।’ 

उनले बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सामान्य मान्न नहुने भनाई समेत राखे। सहमतिमा जाँदा केन्द्रीय समिति बहुमत, महाधिवेशन प्रतिनिधिको बहुमत कि महासमिति सदस्यको बहुमत कसलाई मान्ने भन्ने विषयमा छलफलबाटै निर्णय हुने जानकारी पनि उनले दिए। 

महामन्त्री शर्माले भने, ‘कार्यबाहक सभापतिसँग हामीले छलफल गरेर पार्टीलाई एकता गरेर लैजाउ भनेका छौं, बैठक एकदिन पछि भएपनि केही हुँदैन भनेको छु । भोलिको बैठकमा महाधिवेशनको कार्यतालिका आउनेगरी छलफल हुन्छ । त्यो कार्यबाहक सभापतिको जिम्मेवारीमा हुन्छ । महामन्त्री र काबा सभापति संस्थापन जिम्मेवारीमा हुने हो।’ 

उनले पार्टीमा केही कुरा मिल्न बाँकी रहेको भनाईसमेत राखे। 


 

प्रकाशित मिति: १७:५१ बजे, शनिबार, कात्तिक १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्